मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युएई एनआरएनका लागि दुई जनाको उम्मेद्वारी

शनिबार, २४ भदौ २०७४, १९ : २३
शनिबार, २४ भदौ २०७४

युएर्इ – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको २०१७÷१९ कार्यकालका लागि आगामी सेक्टेम्बर १५ मा हुन गइरहेको अधिबेसनका लागी २ जनाको उमेद्वारी परेको छ।

अध्यक्ष पदका लागी शालिकराम सुबेदी र रमेश श्रेष्ठको उमेद्बारी परेको हो।

स्वतन्त्रबाट उठेका शालिकराम सुबेदीलार्इ आदिबासी जनजाती महासंघ युएर्इको समर्थन रहेको छ।भने काग्रेस निकट रमेश श्रेष्ठलार्इ एमाले र माओबादी केन्द्रको गठबन्दनले खुलेर सहयोग गरेका छन्।सुबेदी एनआरएन युएर्इका सल्लाहकार र श्रेष्ठ बर्तमान कार्यसमितका बरिष्ठ उपाध्यक्ष हुन्।

एनआरएन युएर्इका सल्लाहकार एवं बिभिन्न सामाजिक संघसस्था आबद्द हुदै आएका दाङ्का शालिकराम सुबेदी र एनआरएन युएईका २०१५÷१७ कार्यकालका उपाध्यक्ष एवं रोजगारी पछि ब्याबसाय गर्दै आएका स्याङ्जाका रमेश श्रेष्ठ लामो समय देखि युएर्इमा ब्याबसाय गर्दै आएका छन्।

एनआरएनए युएईको उपाध्यक्ष पदका लागि नेत्र प्रसाद शर्मा, बाल कृष्ण मरासिनी, निर्मल कुमार पोखरेल र नर बहादुर सेनले उम्मेदवारी दिएका छन् । भने महासचिव पदका लागी बर्तमान कार्यसमितिका युवा संयोजक निश्चल दाहाल र २०१५र१७ कार्यकालमा महासचिब पदबाट पराजित भएका कृष्ण प्रसाद पौडेलले उमेद्वारी परेको छ।

त्यसै गरि सचिव पदका लागि राजेश बोहोरा र मिल बहादुर गुरुङको उम्मेदवारी परेको छ ।भने युवा संजाल प्रतिनिधिमा र महिला संजाल प्रतिनिधिमा भने क्रमस नबिन पौडेल र मोति कुमारी राईको मात्र एकल उम्मेदवार परेको छ ।

आइसीसी सदस्यमा ठाकुर प्रसाद ढुंगाना, नेत्र नारायण थनेत र चित्र बहादुर केसीले उमेद्वारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप