राष्ट्रिय समाचार समिति विराटनगरलाई मोटरसाइकल हस्तान्तरण
बुधबार, २४ असार २०७७, १५ : ०३
मोरङ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालय विराटनगरलाई १५० सिसीको एक थान पल्सर मोटरसाइकल आज प्रदान गरेको छ । मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र उपसचिव कमलबहादुर थापाले संयुक्त रुपमा रासस प्रदेश प्रमुख मोहम्मद सदरुललाई सो मोेटरसाइकलको साँचो हस्तान्तरण गरे ।
सत्यतथ्य समाचार पस्कने राज्यको एक मात्र समाचार समिति राससलाई समयानुकूल सुदृढ, सबलीकरण र सक्षम बनाउने घोषणा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यसअघि गरेका थिए । मन्त्रालयले गुणस्तरीय समाचार सङ्कलन एवं सम्प्रेषण गर्न सहयोग पुग्ने उद्देश्यले राससमा आबद्ध प्रदेशस्तरका ३३ समाचारदातालाई तीनदिने तालीम प्रदान गर्न सहयोग गर्नाका साथै फर्निचर, क्यामेरा, ल्यापटप जस्ता सामग्री उपलब्ध गराइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ
-
अख्तियारमा झण्डा हल्लाउँदै बयानका लागि जाने पार्टीको सभापति होइन म : रवि लामिछाने
-
वेस्ट इन्डिजको टोली नेपालमा, यस्तो छ भाइरल तस्बिरको वास्तविकता
-
२० तस्बिरमा हेर्नुहोस् गहना खोज्ने जात्रा