ठाउँ-ठाउँमा पहिरो बगेपछि साँफे-मार्तडी सडक बन्द
मार्तडी । जिल्लामा लगातारको अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग सडकको ठाउँ ठाउँमा पहिरो आएपछि आज बिहानदेखि आवतजावत बन्द भएको छ । सडकको माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । बूढीगङ्गा नगरपालिकाको अम्कोट र द्वारीमा नदीले कटान गर्न थालेपछि सडक भासिदै गएको छ । सडक भासिएपछि फाटफुट चल्ने सवारीसाधन समेत ठप्प भएका छन् ।
सडकको पानीनाउला, तिपाडा, ओलेनामा माथिबाट पहिरो बग्न थालेकोले छ । मङ्गलबार राति आएको अविरल वर्षाका कारण पानीनाउलामा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन आशिंक रुपमा चलेका छन् । पानीनाउलामा आएको पहिरो पन्छ्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । सडक अवरुद्ध बनेपछि खुलाउने प्रयास भइरहेको भए पनि माथिबाट पहिरो खस्ने भएकाले समस्या भएको छ । ठाउँ ठाउँमा पहिरो गएको छ । आवतजावतमा समेत निकै समस्या भएको स्थानीयवासी सुशील थापाले बताए ।
सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत वर्षको वर्षायाममा सडक अवरुद्धले यस क्षेत्रमा दैनिक उपभोग्य सामान र औषधिको अभाव हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति
-
पानी माग्दै मन्त्रालयमा किसानको धर्ना, ७ दिनको अल्टिमेटम
-
सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?