शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफन्तको कुटाइबाट रौतहटका एक युवकको मृत्यु

बुधबार, २४ असार २०७७, १२ : ३९
बुधबार, २४ असार २०७७

रौतहट । आफन्तको कुटपिटबाट रौतहटका एक युवाको सर्लाहीमा मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजदेवी नगरपालिका ६ का ३५ वर्षिय अशोक यादव रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी मदन कुंवरले जानकारी दिए । घटनामा संलग्न सर्लाहीका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

लेनदेनबारे छलफल गर्न अशोक यादव मंगलबार साँझ आफन्तको घर सर्लाहीको बलरा नगरपालिका गएका थिए । लेनदेनकै बिषयमा भनाभन हुँदा उनीमाथि कुटपिट भएको थियो । कुटाइबाट उनको घटनास्थलमै मृत्यु भएको डिएसपी कुंवरले बताएका छन् । उनीमाथि आफन्तले कुटपिट गरेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको शव आज पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । अनुसन्धान प्रभावित हुने भएकाले पक्राउ परेकाको नाम तत्काल सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप