शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरुसिङ्गे सन्धिखर्क सडक आजदेखि दैनिक ८ घण्टा बन्द हुने

बुधबार, २४ असार २०७७, ११ : ३९
बुधबार, २४ असार २०७७

बुटवल । अर्घाखाँची जिल्लालाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे-सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक स्तरोन्नति गर्न सन्धिखर्कको फुदवाङ्गदेखि नरपानीसम्म १३ किमी सडक दैनिक ८ घण्टा बन्द गर्नुपरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ८ बजे देखि १२ बजे सम्म र दिउँसो २ बजे देखि ६ बजे सम्म बाटो बन्द गर्ने गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । यस्तै बैठकले एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगाएतका अत्यावश्यक र संवेदनशील सवारी साधनलाई भने तत्काल बाटो खोली दिनुपर्ने बैठकले निर्णय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप