विकास दुबेका बडीगार्ड अमर दुबे इन्काउन्टरमा मारिए, प्रहरीले राखेका थिए २५ हजार इनाम
भारतको उत्तर प्रदेशका प्रहरीका अनुसार कानपुर मुठभेडका मुख्य अभियुक्त विकास दुबेका बडीगार्डको इन्काउन्टर भएको छ ।
समाचार एजेन्सी पिटिआईले युपीको स्पेशल टास्क फोर्सका महानिरिक्षक (आइजी) अमिताभ यशलाई उद्धृत गर्दै अमर दुबेको राज्यको हमिरपुर जिल्लामा एक मुठभेडमा मृत्यु भएको जानकारी दिएको छ ।
प्रहरी अधिकारीका अनुसार अमर दुबे कानपुर मुठभेडका सह–अभियुक्त थिए । केही भारतीय मिडिया रिपोर्टका अनुसार उनले विकासको बडीगार्डको रुपमा पनि काम गर्दथे ।
उत्तर प्रदेश पुलिसले मंगलबार दिएको आफ्नो जानकारीमा प्रहरीको ४० वटा समूहले विकास दुबेको लगातार खोजी गरिरहेको छ ।
कानपुरमा २–३ जुलाईको रात विकास दुबेलाई पक्राउ गर्न गएको प्रहरी समूहमाथि भएको हमलामा एक डीएसपीसमेत आठ प्रहरी मारिएका थिए ।
उक्त घटनापछि प्रहरीले अपराधीको तस्बिर जारी गरेको थियो, त्यसमा अमरको नाम शीर्ष स्थानमा थियो । प्रहरीले उनीमाथि २५ हजार भारुको इनाम पनि घोषणा गरेका थिए । एक समाचार रिपोर्टका अनुसार उनी आरोपी विकास दुबेका काकाका छोरा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान