नहर भत्किँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध
रुकुम (पूर्व) को भूमे गाउँपालिका वडा नम्बर ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ । लगातार रुपमा परिरहेको वर्षाका कारण जमिन भासिएर नहर भत्कँदा यही असार १६ गतेदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
चौबीस किलोवाट क्षमताको कुचिबाङ खोला लघुजलविद्युत् आयोजनाको नहर भत्किएपछि कुचिबाङबासी अन्धकारमा बस्न बाध्य भएका छन् । नहरबाट चुहिएको पानीले जमीन भिजेर गत फागुन महिनामा नहर नजीकैबाट पहिरो झरेको थियो । नहर मर्मतसम्भारका लागि गाउँपालिकाले रु २३ लाख बजेटसमेत विनियोजन गरेको र नहर मर्मतको काम चलिरहेका आयोजनाका अध्यक्ष भरत बुढाले जानकारी दिए ।
विद्युत् अवरुद्ध भएर गाउँ नै अन्धकार भएपछि बिजुली बाल्न वैकल्पिक उपाय अवलम्बन गरिए पनि सम्भव नभएको बताइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै कुचिबाङका २५० घरधुरी समस्यामा परेका छन् । स्थानीयवासीलाई अहिले साँझबिहानको दैनिक काम गर्न तथा मोबाइल चार्ज गर्न निकै समस्या हुने गरेको स्थानीयवासी तीर्खमान रोकाले बताए । जमीन भासिएर नहर भत्किएपछि फेरि अर्को नहर निर्माणको काम भइरहेको आयोजनाका अध्यक्ष बुढाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा