मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर हात काट्नु पर्ने अवस्था, सहयोगको अपिल

बुधबार, २४ असार २०७७, ०८ : १६
बुधबार, २४ असार २०७७

रौतहटको कटहरिया–१ भसेढवा कठौतिया टोलका योगेन्द्र दाशको छोरा वर्ष १५ का आकाश दासको दाहिने हाथ काट्नुपर्ने भएको छ । करेन्ट लागेर गम्भीर घाइते दाशको दाहिने हाथ जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।

करेन्टको कारण हाथको रक्त संचारनै अवरुद्ध भएकाले काट्नुको विकल्प नरहेको उपचारमा संलग्न नेशनल मेडिकल कलेज बिरगंजका डाक्टर बिनोदकुमार रायले जानकारी दिएका छन । गत १४ गते आइतबार दाउरा लिन जंगलमा गएको समय जामुन टिप्न रुखमा चढ्ने क्रममा ३३ केभी विधुत प्रसारण लाईनको तारमा करेन्ट लागेर तल खसेका थिए ।

दाउरा लिनसँगै गएका उनका कान्छाभाइ १० वर्षीय अविनास दासले गुहार गरेपछि दाउरा लिनगएका गाउँलेहरुको सहयोगमा अचेत आकाश दाशलाई एम्बुलेन्सबाट उपचारका लागि नेसनल मेडिकल वीरगञ्ज पुर्याएको थियोे । आर्थिकरुपमा विप्पन परिवारका केटा आकाशको उपचारमा हालसम्म झन्डै एक लाख रुपैयाँ खर्च भैइसकेको उनका मामा ओमप्रकास दासले बताएका छन । आकाशको उपचार लामोसमय चल्ने भएकाले धेरै पैसा खर्च हुने निस्चित देखिएको हुँदा पीडित परिवारले आर्थिक सहयोगको लागि आग्रह गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप