शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युभेन्टसविरुद्ध एसी मिलानको उत्कृष्ट पुनरागमन, १८ मिनेटमा चार गोल

बुधबार, २४ असार २०७७, ०७ : ३५
बुधबार, २४ असार २०७७

काठमाडौँ । १८ मिनेटको अन्तरमा चार गोल गर्दै एसी मिलानले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै युभेन्टसविरुद्ध ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै एड्रियन राबियोले उपाधि होडमा रहेको युभेन्टसलाई अग्रता दिलाए । लगत्तै क्रिस्टियानो रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर बनाए । योसँगै रोनाल्डोले लगातार पाँचौ खेलमा गोल गर्न सफल भएका छन् । यो सिजन उनले पोर्चुगल र युभेन्टसका लागि ४१ गोल गरिसकेका छन् ।

युभेन्टस सहज जीततर्फ अघि बढिरहेको बेला खेलको ६२ औँ मिनेटमा मिलानले पेनाल्टी पायो जसलाई ज्लाटान इब्राहिमोविचले सजिलै गोलमा परिणत गरे । जनवरीमा एसी मिलानसँग आबद्ध भए यता उनले १३ खेलमा ६ गोल गरेका छन् ।

त्यसपछि फ्रांक केसी र राफायल लिएओले गोल गर्दै मिलानको पुनरागमन पुरा गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एन्टे रेबिकले चौथो थोल गर्दै मिलानको रोमाञ्चक जीत सुनिश्चित गरे ।

पराजयसँगै माउरिजियो सारीको टोलीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर गुमाएको छ । दोस्रो स्थानमा रहेको लाजियो मंगलबार लिससँग पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप