शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना नदिएपछि...

मङ्गलबार, २३ असार २०७७, २३ : २५
मङ्गलबार, २३ असार २०७७

एजेन्सी । भारत र चीनबीचको विवादका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि विपक्षीहरुले लगातार आलोचना गर्दै आइरहेका छन् । मोदीले चीनको विरुद्धमा कडा अडान लिन नसकेको आशंका गर्दै विपक्षीहरुले आलोचना गरेका हुन् । यही बीचमा फेरि प्रधानमन्त्री मोदीलाई विपक्षी दलका नेताहरुले अर्को एउटा विषयमा विवादमा तानेका छन् ।

सोमबार तिब्बतका धर्मगुरु दलाई लामाको ८५ औं जन्मदिन हो । भारतीय प्रधानमन्त्री मोदीले लामाको जन्मदिनमा बधाई दिएनन् । मोदीले लामालाई बधाई नदिएपछि विपक्षीहरुले उनको शैली र मौनतालाई चीनसँग जोडेर आलोचना गर्न सुरु गरेका छन् । जब मोदी प्रधानमन्त्री बनेका थिए ।

त्यसयता उनले पार्टीका मन्त्री देखि विपक्षी दलका नेताहरुको जन्मदिनमा समेत बधाई दिने गर्दथे । उनले विश्वका थुप्रै राष्ट्राध्यक्ष र प्रधानमन्त्रीहरुलाई समेत जन्मदिनको बधाई दिँदै आएका छन् । तर दलाई लामाको जन्मदिनमा बधाई नदिएपछि उनको आलोचना सुरु भएको छ । १९३५ मा जन्मिएका दलाई लामाले ८५ औं जन्मदिन मनाएका छन् । धेरै जनाले दलाई लामाको जन्मदिनमा मोदीले बधाई नदिएको प्रसंगलाई पछिल्लो समय भारत र चीनबीच चलिरहेको विवादसँग जोडेर हेरिरहेका छन् ।  लामाले विश्व मञ्चमा चीनको विरुद्ध आवाज उठाइरहेका छन् ।

यद्यपि, मोदीले अन्तिम पटक लामालाई सन् २०१३ मा जन्मदिनको शुभकामना दिएका थिए तर उनी त्यसबेला भारतको प्रधानमन्त्री थिएनन् । उनी त्यसबेला गुजरातको मुख्यमन्त्री रहेका थिए । भारतीय काँग्रेसले प्रधानमन्त्री मोदीले लामालाई बधाई नदिनु कारणबारे प्रश्न गर्र्दै उनको कडा आलोचना गरेको छ ।

त्यस्तै भारतीय  पत्रकार, नागरिक अगुवा लगायतले पनि यो विषयमा प्रश्न उठाएका छन् । चीनले तिब्बतलाई स्वशासित घोषणा गरेलगत्तै ६१ वर्षअघि उनी भारत पुगेका थिए । लामा अहिले त्यहाँ निर्वासित जीवन विताइरहेका छन् । स्न १९८९ मा लामाले शान्ति नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप