शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलीका कपडासहित ४ जना पक्राउ

मङ्गलबार, २३ असार २०७७, २२ : २९
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । बारा प्रहरीले भन्सार छलीका कपडासहित ४ जनालाई पक्राउ गरेको छ । मंगलबार ५ लाखभन्दा बढी भन्सार छलेर ल्याइएका कपडासहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका शितलपुर टोल बस्ने ४१ वर्षीय रफिक अन्सारी, २२ वर्षीय रिजवान मन्सुरी, अटोचालक ४१ वर्षीय जंगीलाल साह र २२ वषीए जोखु पासवान रहेका छन् ।

उनीहरुलाई बरामद कपडा र अटोसहित भन्सार ऐन अनुसार आवश्यक कार्वाहीका लागि बीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप