बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने

मङ्गलबार, २३ असार २०७७, २० : ०९
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य हो । सोही दिन हिमालयले साउदी अरेबियाको दमाममा चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काउने जनाएको छ । हिमालयले नयाँ गन्तव्यका रुपमा जुलाई ८ र ९ तारिखमा चीनको टियानजिन गन्तव्यमा चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ ।

जुलाइ १२ मा मलेसियाको क्वालालम्पुर चार्टर्ड उडान नेपाली ल्याउने कार्यतालिका कम्पनीले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । यसअघि जुलाई २ देखि ८ तारिख सम्मको उडान तालिका बनाएर  हिमालयले साउदी अरेबियको दमाम, मलेसियाको क्वालालम्पुर, कतारको दोहा युएईको आबुधाबी र कुवेतबाट चार्टर्ड उडान गरी नेपालीलाई स्वेदश फर्काएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप