बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सका थप २ कर्मचारीमा कोरोना पुष्टि

मङ्गलबार, २३ असार २०७७, १८ : ४५
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । 

सोमबार सात जनामा कोभिड सङ्क्रमण देखिएको थियो । चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनले उल्लेख गरिन् । निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए ।

निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पिसिआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने पनि जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप