‘पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर’
काठमाडौं । श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गरिएको छ । पछिल्लो समयमा कोभिड–१९ को बहाना बनाएर मिडिया हाउसहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने र तलब कट्टा गर्नेलगायतका गतिविधि गरेको भन्दै नेपाल पत्रकार महाङ्घले विरोधस्वरुप आज विभिन्न सञ्चारमाध्यममा कालो ब्यानर टाँसेको छ ।
श्रमजीवी पत्रकारहरुको समस्या देखिएको नागरिक दैनिक र एपी वान टेलिभिजनको कार्यालयमा आज कालो ब्यानर टाँसेर विरोध गरिएको हो । ब्यानरमा ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर’ र ‘पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गर’ लेखिएको छ ।
सोही अवसरमा महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शान्तराम विँडारीले पत्रकारको पेसागत सुरक्षाको आन्दोलनमा सहयोग र समर्थन गर्न सबैलाई आह्वान गरे ।
महासङ्घले कोभिड–१९ को महामारीका समयमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई निष्कासन गर्ने, तलब कटौती गर्ने, बेतलबी बिदामा राख्ने र काम गर्ने वातावरण सृजना नगर्ने जस्ता कार्यविरुद्ध महासङ्घले दबाब र आन्दोलन गर्दै आएको छ । महासङ्घले उत्पन्न समस्या समाधान गर्न सञ्चार प्रतिष्ठानहरुमा कालो ब्यानर राख्ने, धर्ना दिनेजस्ता आन्दोलनका कार्यक्रम र वार्ता तथा कानूनी उपचारको बाटो एकसाथ अवलम्बन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ