मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

शनिबार, २४ भदौ २०७४, १६ : ४१
शनिबार, २४ भदौ २०७४

मेक्सिको– मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ । 

दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो । भूकम्प ३३ किलोमिटर गहिराईको रहेको पनि अधिकारीहरुले जनाएका छन । 

बिहीबार राती राजधानी मेक्सिको सिटीका नागरिकहरु भूकम्पको बेला घरहरुबाट बाहिर भागेर खुल्ला सडकमा पुग्न सफल भएका थिए । 

मेक्सिकोमा रहेको चिनियाँ दुतावासले अहिलेसम्म मृत्यु भएकाहरु मध्ये चिनियाँ नागरिक नपरेको जनाएको छ । 

भूकम्प गएको २० मिनेटमा विद्युत सेवा अवरुद्ध भएको थियो भने अधिकांशले आफ्ना कार खुल्ला ठाँउमा रोकेका थिए ।  

भूकम्पले १२ वटा राज्यका झण्डै ५ करोड जनता प्रभावित भएका छन् भने ३६ वटा शव क्षतविक्षत अवस्थामा भेटिएको छ । 

मेक्सिकोका राष्ट्रपति इनरिक पेना टिएटोले शुक्रबार राती टेलिभिजन सम्बोधनमा ६१ जनाको मृत्यु भएको बताएका छन् ।  

मृत्यु भएका मध्ये ४५ जना ओक्साका राज्य, १२ जना चिआपास र चार जना ताबास्को राज्यका रहेका जनाइएको छ । 

मेक्सिकोमा केन्द्रविन्दुबाट करिब एक हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घर भत्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप