शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन

मङ्गलबार, २३ असार २०७७, १८ : १०
मङ्गलबार, २३ असार २०७७

कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरिएको छ । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।

सदस्यमा कुमार खड्का, कृष्ण थापा, गायत्री गुरुङ, कृष्णबहादुर थापा, मणिभद्र शर्मा, मायानाथ अधिकारी, मोहनप्रसाद रेग्मी, रामजीप्रसाद बराल (जीवन), आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र हरिशरण आचार्य रहेका छन् । समितिले विधायन समितिमा रहने एक जनालाई सदस्यमा मनोनीत गर्ने जनाइएको छ । प्रस्तावको सदस्य ओमकला गौतमले समर्थन गरेकी थिइन्। 

बैठकमा प्रदेश विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सामाजिक न्यायसहितको तीव्र र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न प्रदेशका विकास योजना तथा भाषा, संस्कृतिलगायत सामाजिक क्षेत्रको विकास कार्यलाई शीघ्र र व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले विधेयक प्रस्तुत गरिएको बताए ।

आजको बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप