बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण

मङ्गलबार, २३ असार २०७७, १६ : १९
मङ्गलबार, २३ असार २०७७

बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

लक्षणविहीन ७ जना कोरोना संक्रमित भएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले बताए । संक्रमित ७ जनाको विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए । उपचाररत बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै अस्पतालको आकस्मिक बाहेक सबै सेवा अर्को सूचना नआउन्जेल बन्द गरिएको अस्पतालले जनाएको छ ।

सरकारले कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएका र अपरेसन गर्नुभन्दा अगाडि कोरोना परीक्षण गर्न पर्दैन भनेर अस्पताललाई आदेश दिएपनि गंगालाल राष्ट्रिय हृदय केन्द्रले बीस जना बिरामीको कोरोना परीक्षण गर्न पठाएको अस्पतालले जनाएको छ । बीस जना मध्ये सात जना लक्षण बिहीनको कोरोना संक्रमित भएको पुष्टि भएको अस्पतालले जनाएको छ । 

यसभन्दा अघि थापाथलीस्थित प्रसूति गृह, काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ । 

ती अस्पतालमा कोरोना संक्रमितलाई उपचार गरेको कक्ष केही समयको लागि शिल समेत गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप