शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राहत सामग्री खोलामा फ्याकिदिएको आरोपमा जनमोर्चाका ३ कार्यकर्तामाथि कारबाही

मङ्गलबार, २३ असार २०७७, १४ : ४४
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीका ३ कार्यकर्तालाई कारबाही गरेको छ । 

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं ४ खुँगामा प्रवासी युवा संघ दूरलेकले पठाएको राहत वितरण गर्न जाँदै गर्दा व्यक्तिहरुले बिच बाटोमा आक्रमण गरी राहत सामग्री खोलामा फ्याकिदिएका थिए भने विरामीलाई उपचार गर्न पठाएको नगद समेत खोसेर लगेका थिए । 

सो घटनाको राष्ट्रिय जनमोर्चा बाग्लुङले छानवीन गर्दा पार्टीको तर्फबाट वडा नं ४ का अध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामी उक्त घटनामा संलग्न देखिएकोले उनीहरु तीनै जनालाई  पार्टीको सदस्यता समेत नरहने गरी निष्काशन गरिएको अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

उनीहरु गत कात्तिकमा भएको कुटपीटको घटनामा पनि संलग्न भएकाले अनुशासनको कारवाहीमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप