शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लागूऔषध प्रयोग गर्नुको कारण साथीसँगको दबाब !

मङ्गलबार, २३ असार २०७७, १४ : ३३
मङ्गलबार, २३ असार २०७७

काठमाडौँ । पछिल्लो समय लागू औषध प्रयोग गर्नेहरुको संख्या बढ्दो छ । २०६९ मा गरिएको अध्ययनको तुलनामा २०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरुले लागू औषध बढी प्रयोग गर्छन् । 

केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृहमन्त्रालयले गरेको अध्ययन अनुसार वि.स. २०६९ को तुलनामा ०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ । २०६९ मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको छ । जसमा ९१ हजार ५३४ पुरुष र ४६ हजार ३०९ महिला रहेका छन् । 

साथीसँगको दबाबको कारण धेरैजसोले लागू औषध प्रयोग गर्ने गरेको पाइएको छ । मंगलबार नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण–२०७६ को प्रतिवेदन सार्वजनिक कार्यक्रममा ८९.४ प्रतिशत मानिसले साथीसँगको दबाबमा लागू औषध प्रयोग गर्ने गरेको पाइएको गृह मन्त्रालयका शाखा अधिकृत किरणचन्द्र सुवेदीले जानकारी दिए । 

त्यस्तै सुवेदीका अनुसार मनोरन्जनको लागि ७१.१ प्रतिशत, उत्सुकता ६२.५ प्रतिशत, खुसी हुन ४५.६ प्रतिशत, मानसिक तनाव ३०.६ प्रतिशत, पारिवारिक समस्या १८.९ प्रतिशत, डिप्रेसन १४.९ प्रतिशत र ८.९ प्रतिशत पढाईमा समस्या भएकाहरुले पनि लागू औषध प्रयोग गर्ने गरेका छन् । 

भ्रमात्मक पर्दाथ एकपटक सेवन गर्न औषत रुपमा २ हजार १९५ रुपैयाँ खर्च हुने सुवेदीले बताए । त्यस्तै उत्तेजनात्मक पदार्थको लागि १ हजार ८९० रुपैयाँ खर्च हुने बताइएको छ । त्यस्तै अफिजन्य पदार्थ प्रयोग गर्न एकपटकमा ८६९ रुपैयाँ खर्च हुनेछ । 

लागू औषध सेवनकर्ताले एकान्त ठाउँ खोज्छ
लागू औषध सेवन गर्ने जो कोहीले पनि प्रायः एकान्त ठाउँ खोज्ने गृह मन्त्रालयलको सर्वेक्षणले देखाएको छ । त्यस्तै घरमा, झाडी, गल्ली, पुल मूनि, होटल, रेष्टुरेन्ट, पाटीपौवा र अन्य स्थानहरुमा पनि लागू औषध सेवन हुन्छ । 

लागू औषध सेवन गर्ने ५१.१ प्रतिशत मानिसले एकान्त ठाउँ प्रयोग गर्ने गर्छ । त्यस्तै २०.४ प्रतिशतले घरमा, १२.८ प्रतिशतले झाडीमा, ७.३ प्रतिशतले गल्लीमा, ४.३ प्रतिशतले पुल मुनि, २ प्रशिततले होटल तथा रेष्टुरेन्ट, १ं५ प्रतिशतले पाटीपौवा र ०.७ प्रतिशतले अन्य ठाउँमा बसेर आलू औषध सेवन गर्छन् । 

कहाँ पाइन्छ लागू औषध ?
धेरैजसोलेसाथीभाईसँग मागेर लागू औषध सेवन गर्ने गर्छन् । सुवेदीका अनुसार करिब ६८ प्रतिशत मानिसले साथीसंगीसँग मागेर लागू औषध प्रयोग गर्ने गरेको पाइएको छ । 

त्यस्तै १४.१ प्रतिशत डुलन्ते बिक्रेता, ८.४ प्रतिशत औषधी पसल, ७.२ अन्य पसल, २.५ इन्टरनेटको माध्यम र ०.४ अन्य ठाउँमा लागू औषध पाइने गरेको सुवेदीले बताए ।


लागू औषध प्रयोग घटाउन सरकारले गर्नुपर्ने कार्य

१. सीमा नाकामा चेकजाँच बढाउने । 

२. सचेतना कार्यक्रम सञ्चालन गर्ने । 

३. निःशुल्क उपचारको व्इवस्था गर्ने । 

४. सीप विकास तथा रोजगारीको अवसरमा वृद्धि गर्ने । 

५. थोक बिक्रेताको चेकजाँच बढाउने । 

६. कानुनको कडा कार्यान्वयन गराउने । 

लागूऔषध कोरोना जस्तै संक्रामक रोग हो : गृहमन्त्री
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध प्रयोगकर्ताहरु कोरोना संक्रमण जस्तै समाजमा फैलिएको बताए । कोरोना संक्रामक रोगको रुपमा लागू औषध स्थापित भएको दावी थापाको भनाइ थियो । 

कोरोनाको सामना गरिरहेको बेला लागू औषधले मानिसको जीवनको अस्तित्वमा चुनौती समेत खडा गरेको भन्दै थापा भन्छन्, ‘लागूऔषध लामो समयदेखि विस्तारै विश्वव्यापी रुपमा फैलिँदै गएको छ ।’ 

विशेषगरी युवा पंक्तिहरु लागू औषध दुर्व्यसनीको प्रभावमा परेको गृहमन्त्री थापाको भनाइ छ । उनले भने, ‘मानव सभ्यातको रोकथामको लागि पनि लागूऔषधको रोकथाम जरुरी हुन्छ ।’ 

पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले बेरोजगारीको समस्या लागू औषध प्रयोकर्ताको संख्या बढेको बताए । गृहमन्त्री थापाका अनुसार ३९.७ प्रतिशत बेरोजगार व्यक्ति लागू औषध सेवन प्रयोगकर्ता रहेका छन् । त्यस्तै व्यपारीहरु पनि लागूऔषध प्रयोगकर्ता रहेको गृहमन्त्री थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप