बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थप तालिबानी लडाकूको रिहा नगर्ने  अफगान सरकारको निर्णय, यस्तो छ कारण

मङ्गलबार, २३ असार २०७७, १३ : ५९
मङ्गलबार, २३ असार २०७७

अफगानिस्तानको सरकारले देशको जेलमा रहेका र यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरुलाई अब रिहा नगरिने जनाएको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरुलाई रिहा गरिरहेका थिए । उनले करिब चार हजार जना तालिबानीहरुलाई रिहा गरिसकेको बताइएको थियो । उनले देशको जेलमा रहेका करिब पाँच हजार जना तालिबानहरुलाई रिहा गर्ने जनाएका थिए । 

तर पनि अब यो पछिल्लो लटमा रिहा गर्ने भनिएका करिब छ सय जना भने गम्भीर खालको अपराधमा संलग्न रहेकोले उनीहरुलाई रिहा नगरिने उनले बताए । 

अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरुसँग सरकारले वार्ता गर्ने तयारी गरेको बताइएको छ । त्यसैले सो वार्ताको लागि पूर्व शर्तका रुपमा अफगानिस्तानको जेलमा राखिएका सबैजना आफ्ना सदस्यहरुलाई रिहा गर्नुपर्ने माग तालिबानी संगठनले गरेको छ ।

यसै अनुरुप करिब चार हजारजना जति लडाकू रिहा गरिसकिएको भन्दै राष्ट्रपति घानीले अब बाँकीलाई भने उनीहरुले विगतमा गम्भीर अपराध गरेकोले रिहा नगरिने र उनीहरुलाई रिहा गर्ने माग नराख्न भनेकाे यहाँको टोलो न्युजले जनाएको छ ।    

अमेरिकाले अफगानिस्तानका तालिबानहरुसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तनको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो । 

कतारको दोहामा सो वार्ता भएको थियो । त्यस वार्ताका क्रममा तालिबानहरुले पनि आफूहरु शान्ति वार्ता गर्न तयार भएको बताएका थिए । आगामी दिनमा पनि तालिबानसँग शान्ति वार्ता गर्ने भएपछि उनीहरुले राखेका शर्त बमोजिम नै अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सैनिक घटाउने काम गरिरहेको बताइएको छ ।

सोही बमोजिम अमेरिकाले पनि अफगानिस्तानमा रहेका आफ्ना सेनाहरुलाई फिर्ता गरिरहेको छ । जसका कारण पछिल्लो समयमा वार्ताको वातावरण पनि बनिरहेको बताइएको छ ।

अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जल्मी खलिलजादले पनि हालैमात्र अफगानिस्तानका तालिबानीहरु त्यहाँ शान्ति ल्याउनका लागि वार्ता गर्न तयार रहेको कुरा आफूले थाहा  पाएको बताएका थिए । 

शान्तिका लागि अफगानिस्तानका नागरिक, यहाँको सरकार र तालिबानीहरु स्वयं तयार नभएसम्मनभएसम्म हुदैन भन्दै त्यसका लागि उनीहरु तयार रहेको पाइएको उनले बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप