केन्द्रीय संस्करण

लागूऔषध कोरोना जस्तै संक्रामक रोग हो : गृहमन्त्री

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध प्रयोगकर्ताहरु कोरोना संक्रमण जस्तै समाजमा फैलिएको बताएका छन् । 

नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण–२०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री थापाले कोरोना जस्तै संक्रामक रोगको रुपमा लागू औषध स्थापित भएको दावी गरे । 

कोरोनाको सामना गरिरहेको बेला लागू औषधले मानिसको जीवनको अस्तित्वमा चुनौती समेत खडा गरेको भन्दै गृहमन्त्री थापा भन्छन्, ‘लागूऔषध लामो समयदेखि विस्तारै विश्वव्यापी रुपमा फैलिँदै गएको छ ।’ 

विशेषगरी युवा पंक्तिहरु लागू औषध दुर्व्यसनीको प्रभावमा परेको गृहमन्त्री थापाको भनाइ छ । उनले भने, ‘मानव सभ्यातको रोकथामको लागि पनि लागू औषधको रोकथाम जरुरी हुन्छ ।’ 

पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले बेरोजगारीको समस्या लागू औषध प्रयोकर्ताको संख्या बढेको बताए । गृहमन्त्री थापाका अनुसार ३९.७ प्रतिशत बेरोजगार व्यक्ति लागू औषध सेवन प्रयोगकर्ता रहेका छन् । 

त्यस्तै व्यपारीहरु पनि लागूऔषध प्रयोगकर्ता रहेको गृहमन्त्री थापाले बताए । उनले भने, ‘हालको सर्वेक्षण अनुसार १५.६ प्रतिशत व्यापार बिजनेश गर्ने व्यक्ति लागू औषध सेवनकर्ता छन् ।’

हालको सर्वेक्षणअनुसार १ लाख ३० हजार ४२४ जना लागू औषध प्रयोगकर्ता रहेको गृहमन्त्रालयले जनाएको छ । जसमा ९१ हजार ५३४ पुरुष र ४६ हजार ३०९ महिला रहेका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.