शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार अभियुक्त पक्राउ
शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७गते बारा साबिक फेटा गाविस-१ स्थित नेरामाविफेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा सोही ठाँउस्थित सडकमा गोली प्रहार गर्दाघटनास्थलमै मृत्यु भएको थियो । हत्या पछि मुख्य अभियुक्तनन्दुहालसम्म फरार रहेका थिए । हत्यामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारीनन्दुलाई पक्राउ गरेको हो ।
साथै हत्यामा संलग्न बारा गंजभवानीपुर बस्ने अग्नि भनिने सुनिल जैसवाल (अग्नी) लाई २०७० साउन २४ गते र बारा साविक फेटा गाविस-१ बस्ने बिजय पटेललाई २०७३ पुस २२ गते प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा सुनिललाई सर्वस्व सहित जन्म कैद सजाय र विजयलाई पुर्पक्षमा कारागार कार्यालय वीरगंजमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नन्दुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतबारामा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा