किसानलाई व्यावसायिक बनाउँदै पशुसेवा कार्यालय
कर्णाली प्रदेश सरकारअन्तर्गत सञ्चालनमा आएको पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखले किसानलाई व्यावसायिक पशुपालनतर्फ अग्रसर बनाउने अभियान शुरु गरेको छ ।
परम्परागतरुपमा पशुपालन गर्दै आएका नारायण नगरपालिकाका किसानलाई प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा १२० भैँसी वितरण शुरु गरिएको छ ।
नारायण– ३, ४, ५, ६, ७ र ११ का भैँसीपालक किसानलाई उन्नत भैँसी वितरण गरिएको हो । पहिलो चरणमा ६० भैँसी वितरण गरिसकिएको छ । करीब र एक लाख परेको एउटा भैँसीका लागि किसानले रु दश हजार मात्र लगानी गर्नुपर्ने प्रावधान छ ।
“बाबुबाजेको पालादेखि नै नै भैँसीपालन गर्दै आएका हौंँ, यसपालिदेखि व्यावसायिक र उन्नत भैँसी पालनका लागि सरकारले भैँसी प्रदान गरेको छ । हामीलाई निकै खुशी लागेको छ । अब दूध बिक्री गरेर सहजै आम्दानी गर्छाैँ”, नारायण नगरपालिका –७ का जङ्गबहादुर महताराले बताए ।
कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापाको सांसद विकास कोषको रु ४० लाख, नगरपालिकाको रु ४० लाख र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशु अस्पताल कार्यालय दैलेखको रु एक करोड लगानी गरेर दुग्ध उद्योग सञ्चालनसमेत गरिने भएको छ ।
किसानले उत्पादन गरेको दूध बिक्रीवितरणका लागि राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाले समन्वय गर्ने भएको छ ।
नगरपालिकाका गरीब एवं विपन्न किसानको आर्थिक अवस्था सुधार गर्नका लागि र तिनलाई व्यावसायिक पशुपालनमा अग्रसर गराउन चालु आवदेखि यस्तो अभियान थालिएको नगर प्रमुख रत्नबहादुर खड्काले बताए ।
पशु अस्पतालका कार्यालयका निमित्त प्रमुख भीमबहादुर विष्टले व्यावसायिक किसान तयार गर्ने अभियानलाई सबैले साथ दिनुपर्ने बताए । किसानले ल्याएको दूध गैरसरकारी संस्थाले खरीद गर्ने र १५ दिनको एक पटक चेकमार्फत पैसा भुक्तानी गरिने व्यवस्था गरिएको विष्टको भनाइ छ ।
किसानले उत्पादन गरेको दूध सहकारीले खरीद गरिदिने छ ।
हरेक १५ दिनमा किसानको बैँक खातामा रकम जम्मा हुने छ । जिल्लामा खपत हुन नसके छिमेकी जिल्ला सुर्खेत र बाँकेसम्म दूध बिक्री गर्नेगरी दीर्घकालीन योजना निर्माण गरिएको राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैलेखका अध्यक्ष खमबहादुर थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर पुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
टीआरसीको बहानामा देउवा–प्रचण्ड भेटले जन्माएको आशङ्का !
-
सुस्त मनस्थितिकी बालिकालाई करणी गर्ने युवकविरुद्ध मुद्दा
-
सुदूरपश्चिम सरकारद्वारा मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित
-
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने