बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बार्सिलोनाका कप्तान किन क्याम्प नाउबाट वाक्क छन् ?

मङ्गलबार, २३ असार २०७७, १२ : ५३
मङ्गलबार, २३ असार २०७७

लियोनेल मेस्सी वाक्क छन् ।

स्पेनिस रेडियो काडेना सेरका अनुसार क्याम्प नाउमा जारी अशान्तिका लागि उनी मुख्य जिम्मेवार रहेको लगातारको आरोप र हल्लाका कारण उनले धैर्यता गुमाएका छन् । त्यही भएर बार्सिलोनाका कप्तानले क्लबसँगको करार सम्झौता नविरकणको छलफललाई स्थगित गरेका छन् ।

मेस्सी क्लबलाई सञ्चालन गरिरहेको आरोपबाट वाक्क छन्, उनले क्लबको प्रशिक्षक नियुक्त र बर्खास्त गर्ने गरेको आरोपबाट वाक्क छन्, उनले कुन खेलाडी अनुबन्ध गर्ने, कुन खेलाडी खेल्नुपर्छ भन्ने निर्णय गर्छन् भन्ने आरोपबाट वाक्क छन् र क्लब लिएको बाटो र ट्रान्सफर मार्केटमा गरेको ठूलो गल्तीहरुबाट पनि वाक्क छन् ।

‘इनफ इज इनफ’ ! रेडियो स्टेसनको कार्यक्रमअनुसार मेस्सीले क्लबलाई यो सिजनको अन्त्यमा क्लब छाड्ने बताएका छन् । यसको पछाडि के कारण छ ? यो कसरी सम्भव छ ?

यसअघि, मेस्सीले क्लबमा एथ्लेटिको म्याड्रिडबाट एन्टोनी ग्रिजमानलाई भित्र्याउन चाहेको तर अहिले क्लबमा उनी रहेको हेर्न चाहेको दाबी गरिएको थियो । गलत !

व्यक्तिगतरुपमा ग्रिजमान मेस्सी र लुइस सुवारेज र उनीहरुको पत्नीसँगै डिनरमा सहभागी हुने गरेका छन् । उनीहरुको सम्बन्ध सुमधुर रहेको छ । क्लबमा उनले राम्रो प्रदर्शन गर्न नसके पनि मेस्सी र सुवारेजले उनलाई क्लबमा भिज्न सहयोग गरिरहेका छन् ।

क्लबको सबैभन्दा धेरै कमाउने र नम्बर खेलाडी हुँदा त्यस्तो हल्लाहरु आउने नै गर्छन् । र, खेलका बारेमा मुख्य निर्णय गर्दा स्टार खेलाडीहरुसँग पक्कै पनि सल्लाह गरिन्छ । यो कुरा बार्सिलोनको हकमा मात्र लागू हुँदैन ।

तर, स्पष्टरुपमा केही समस्याहरु छन्, जसको समाधान पाउन जटिल छ । विशेष गरेर अध्यक्ष जोसेप मारिया बार्टोमेउले आफ्ना वाचाहरु पूरा गर्न असफल भएका छन् । ‘हामी नेयमारलाई फर्काउने प्रयास गर्नेछौँ,’ ग्रीजमानलाई भित्र्याउने पक्कापक्की भइसक्दा पनि उनले भनेका थिए । ‘अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेर ज्याभीलाई भित्र्याउनेछौँ,’ उनले भनेका थिए तर अन्ततः क्लब र ज्याभी अहिलेको स्थितिमा क्लबमा आउन नसक्ने निर्क्यौलमा पुगे ।

मेस्सीको करारमा एउटा दफा छ जसले उनलाई यो सिजनको अन्त्यमा क्लब छाड्न अनुमति दिन्छ । तर, उनी क्लबलाई युरोपमा प्रतिस्पर्धा गरेको हेर्न चाहन्छन् । यता, उनको भविष्यबारे अन्यौलतासँगै क्लबलाई समस्याहरुको समाधान गर्न थप दबाब परेको छ, विशेष गरेर नयाँ खेलाडी अनुबन्ध गर्दा ।

करार नवीकरणबारे क्लबमा सही दिशामा छलफल भइरहेको थियो । तर, मैदानमा टोलीको प्रदर्शनबाट मेस्सी बेखुस रहेका छन् र नयाँ प्रशिक्षक क्वीके सेटिनमाथि अधिकांश खेलाडीको विश्वास कम हुँदै गएको छ । गत शनिबार सेल्भा भिगोसँग २–२ को बराबरीपछि सेटिन र शीर्ष खेलाडीबीच भनाभन नै भएको थियो । उनले यही तरिकाले काम गर्न नसक्ने बताएका थिए । केही परिवर्तन नभए क्लबले उनलाई सजिलै हटाउन सक्ने बताएका थिए । तनाव बढ्दै गएपछि जेरार्ड पिकेले ट्वीट गर्दै क्लब र फ्यानहरुलाई एकताको आह्वान गरे ।

यसअघि पनि मेस्सीले क्लब छाड्ने नजिक पुगेका थिए । करियरको सुरुवातमा बर्सिलोनामा लगातार खेल्ने समय नपाइरहँदा इन्टर मिलानले उनलाई खरिद गर्ने नजिक पुगेको थियो । मेस्सीका लागि १५० मिलियन युरो तिर्न र उनको तलब तीन गुणा बढाउन उनीहरु तयार थिए । तर, तत्कालिन अध्यक्ष जोआन लापोर्टाले सम्झाएपछि क्लब छाडेर जान नचाहेका मेस्सी पुनः क्लबमा नै रहेका थिए ।

त्यस्तै, कर छलीको मुद्दा लाग्दा उनी बार्सिलोनामात्र होइन स्पेन नै छाड्न चाहन्थे । त्यतिबेला भर्खरै म्यान्चेस्टर सिटीको बागडोर सम्हालेका पेप ग्वार्डिओलाको टोली म्भावित गन्तव्यको रुपमा हेरिएको थियो ।

अहिले फेरि समस्या देखिरहेको छ । यो बार्सिलोना टोली च्याम्पियन्स लिगको उपाधि जित्न सक्षम नभएको देखिएको छ । क्लबलाई लाउटारो मार्टिनेजजस्ता स्ट्राइकरको आवश्यकता रहेको छ । त्यस्तै, नयाँ प्रशिक्षक नियुक्त गर्ने, विशेष गरेर ज्याभीको क्लबसँग पुनर्मिलन आदि, विषयहरु पनि उठेका छन् ।

यी सबै विषयहरुलाई मेस्सीले नजिकबाट नियालिरहेका छन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप