शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोको कारण जलवीरे सडकमार्ग अवरुद्ध

मङ्गलबार, २३ असार २०७७, ११ : २२
मङ्गलबार, २३ असार २०७७

मेलम्ची – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो ।

जलवीरे, ढाडे चनौटे, गुम्बा, पाङताङ, डल्लेपोख भेगका मानिसहरुले प्रयोग गर्ने सडक हो । उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमा अलपत्र पर्नुपरेको सवारी चालक खेम प्रसाईँले बताएका छन् ।

आज रातिको भीषण वर्षाका कारण पहिरो गएको स्थानीयवासी बताउँछन् । पहिरोमा लेदो बगेर बाटो अवरुद्ध भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप