शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्ष बित्दा पनि हिमा नदीमा बनेन पुल, पाँच सय रोपनी खेत बाँझै

मङ्गलबार, २३ असार २०७७, ११ : १२
मङ्गलबार, २३ असार २०७७

निर्माण शुरु गरेको सात वर्ष बितिसक्दा पनि सिञ्जा गाउँपालिका–२ रनुखानस्थित हिमा नदीमा पुल बन्न सकेको छैन । अहिलेसम्म एउटा पिलर मात्रै ठडिएको छ । त्यो पनि अधुरै छ । यो पुल निर्माणका लागि विसं २०६९ मै रु चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो । विसं २०७० देखि निर्माण थालिएकामा एउटा पिलर ठडिएपछि निर्माण रोकिएको स्थानीय हंस सार्कीले बताए ।

स्थानीय बासिन्दाले पुल निर्माणका लागि पटक–पटक माग पनि गरेका छन् । जनप्रतिनिधिको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पुगेको थियो । तैपनि पुल निर्माणका लागि ताकेता नभएको स्थानीय बासिन्दाले गुनासो गरे । पुल निर्माणका लागि ल्याइएका २०० बोरा सिमेन्ट प्रयोग नभएरै खेर गएको छ । छड, गिट्टी, बालुवा पनि अलपत्र छन् ।

पुल नबनेकै कारण पाँच सय रोपनी खेत बाँझै

हिमा नदीमा पुल बनाउन शुरु गर्दा सिँचाइ कुलो भत्किएको थियो । पुल नबनेपछि सिँचाइ कुलो पनि बनाउन सकिएको छैन । कुलो नबन्दा सिञ्जा–२ रनुखानागाउँको ५०० रोपनी खेत बाँझै रहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय महेश्वर तिरुवाका अनुसार पुल बन्ने भएपछि सिँचाइ कुलो भत्काउन दिइएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप