शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भवती नभएको समयमा पनि किन हुन्छ ‘निप्पल डिस्चार्ज’ ?

मङ्गलबार, २३ असार २०७७, १० : ३२
मङ्गलबार, २३ असार २०७७

एजेन्सी – महिलाहरुमा कहिलेकाँही गर्भवती नभएको समयमा पनि स्तनबाट दूध आउने समस्या देखिन्छ । स्तनमा १५ देखि २० वटा दूध निस्कने छिद्रहरु हुन्छन् । कहिलेकाँही तनाव, हर्मोनमा आउने परिवर्तन साथै अन्य विविध कारणले स्तनको निप्पलबाट पानी वा दूध जस्तो तरल पदार्थ निस्कने गर्छ । तर, गर्भवती नभएको समयमा पनि किन यस्तो हुन्छ ? 

कारणहरुः 
–एन्ग्जाइटी, डिप्रेशन वा अत्यधिक तनाव
–कपडाको एलर्जी, लामोसमयसम्म एउटै कपडा लगाउनु 
–ग्यालेक्टोरिया रोग
–स्तनमा टिश्यु वा फाइब्रोसिस्टिक 
–हर्मोनसम्बन्धी औषधिको प्रयोग
–नशाको सेवन 
– अन्तस्रावी प्रणालीमा ट्युमर वा इन्फेक्शन हुनु
–मनोपोज वा महिनावारीका कारण हर्मोनमा परिवर्तन हुँनु 

निप्पल डिस्चार्जका लक्षणः
–निप्पलबाट दूध जस्तो पर्दार्थ निस्किनु
–स्तनमा अत्यधिक दुखाई हुनु
–गाँठा आउने, स्तन सुनिने र मसिना दानाहरु आउनु
–निप्पलभित्र संकुचन पैदा हुनु
–निप्पलको रङ्ग परिवर्तन हुनु
–स्तन र निप्पल रातो हुनु
–ज्वरो आउनु वा थकान महसुस हुनु
– महिनावारी रोकिनु 
–बान्ता हुनु

के गर्ने ? 
–बन्दागोभीको दुईवटा पात धोएर चिसो बनाउने र दुवै पातलाई दुवै स्तनमा २ घण्टासम्म राख्ने 
–तेजपत्ताको चियाले पनि निप्पल डिस्चार्ज कम हुनसक्छ 
– पुदिनाको तेलले मालिश गर्ने 
–भिटामिन बी1,बी6, बी12  पाइने खाना खाने 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप