शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के भारतीय मिडियाले दाबी गरेजस्तै चीनले गलवानबाट आफ्नो सैन्य उपस्थिति हटाएको हो ?

मङ्गलबार, २३ असार २०७७, १० : ३२
मङ्गलबार, २३ असार २०७७

भारत र चीनका सैनिक विवादिन सीमाबाट पछि हटेको खबरबीच चीनको विदेश मन्त्रालयले यस मुद्दामा आफ्नो बयान सार्वजनिक गरेको छ । चीनले दुवै देश सीमामा तनाव कम गर्ने दिशामा अघि बढेको बताएको छ तर उसले आफ्नो बयानमा स्पष्ट रुपमा आफ्नो सेना सीमाबाट पछि हटेको खुलाएको छैन ।

समाचार एजेन्सी रोयटर्सले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानसँग प्रश्न गरेको थियो, ‘भारतीय मिडियाको खबर अनुसार चीन गलवान घाटी, जहाँ दुई देशबीच झडप भएको थियो, बाट टेन्ट र अन्य उपकरण लिएर पछि हटेको छ । के तपाईं यसको पुष्टि गर्नुहुन्छ ?’ जवाफमा लिजिआनले भने, ‘चिनियाँ र भारतीय सैनिकले ३० जुनमा कमान्डरस्तर वार्ताको तेस्रो चरणको आयोजना गरेको थियो । त्यहाँ यसअघि दुई चरणमा भएको सहमतिलाई कार्यान्वयन गर्ने सहमति बन्यो र हामीले सीमामा तनाव गर्ने दिशामा प्रभावकारी कदम उठाएका छौँ । हामीलाई आशा छ भारतले पनि आफ्नो तर्फबाट त्यति नै दुरी कायम गर्नेछ, दुई पक्षबीच बनेको सहमति लागू गर्नका लागि कडा कदम उठाउनेछ, चीनसँग सैन्य र राजनीतिक च्यानलको माध्यमबाट सम्पर्कमा रहनेछन् र चीनसँग सीमावर्ती क्षेत्रमा तनाव कम गर्नका लागि काम गरिरहनेछ ।’

रोयटर्सका अनुसार सोमबार उठाइएको कदम एलएसीमा भारत र चीनबीच तनाव कम गर्ने दिशामा महत्त्वपूर्ण थियो । तर, सेनाको सतर्कता, उसको तैयारी र लामो समयका लागि लद्दाखको पहाडी क्षेत्रमा इलाकामा भइरहेको तयारीमाथि भने धेरै असर पार्ने छैन ।

विज्ञका अनुसार सेना सीमाको नयाँ वास्तविकतासँग जुझ्नका लागि तैयार रहनुपर्नेछ जहाँ पछिल्लो महिना पाँच दशकै सबैभन्दा हिंस्रक झडप भएको थियो । यसको सबैभन्दा ठूलो कारण दुई देशको सेनाबीच उच्च स्तरमा अविश्वास हो जुन पछिल्लो नौ हप्ता सीमा भएको कयौँ घटनाका कारण पैदा भएको हो ।

दुई देशबीच कमान्डर स्तरमा बातचीतपछि गलवान सेक्टरमा दुवै देशका सेनापछि हट्ने प्रक्रिया सुरु गरेका थिए । यसका बावजूद जुन १५ मा गलवान घाटीमा हिंस्रक झडप भएको थियो ।

गलवान घाटीको हिंसाको घाउ अझै ताजा रहेको छ यसलाई भर्न अझै समय लाग्नेछ । त्यही भएर दुई देशबीच तनाव काम गर्ने प्रक्रियामा भारत दुई गुणा बढी सतर्कता अपनाइरहेको छ । आफ्नो हरेक कदम सावधानी उठाइरहेको छ । यसको मतलब पुरा प्रक्रियामा लामो समय लाग्न सक्छ ।

रोयटर्सले सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै तनाव भएको क्षेत्रमा शुरुवाती कदम उठाउनु नै दुईदेखि तीन हप्ता समय लाग्न सक्ने बताएको छ । यसपछि मात्र सेनाका कमान्डरहरु बीच बैठक हुनेछ र त्यसपछि आगामी कदम उठाइनेछ । यसको अर्थ सेनाको तैनाथी महिना नभए पनि केही हप्ता कायम रहनेछ ।

भारतीय सेनालाई चिन्ता छ, भारतले शुरुवाती कदम उठाए पनि चीनको सेना सेना एलएसीको नजिक ठूलो संख्यामा तैनाथ छ र चीन कुनै पनि बेला उल्टो दिशामा हिँड्न सक्छ । त्यही भएर भारतीय सेनाले पनि आफ्नो तर्फबाट केही खुकुलो पारेको छैन र यो क्षेत्रमा सेनाको उपस्थितिलाई कम पनि गर्नेछैन ।

सेना र ठूला हतियारलाई बिस्तारै हटाउन थालिनेछ । यसमा अर्को पक्षले कति संख्यामा त्यसलाई हटाइरहेको छ भन्नेमा पनि ध्यान दिइनेछ । आइतबार राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चीनका विदेशमन्त्री वाङ यीबीच छलफल भएको थियो । दुई देशले सेनालाई पछि हटाउने र शान्ति कायम गर्ने विषयमा सहमति जनाएका थिए । डोभाल र वाङ यसअघि सन् २०१८ र २०१९ मा भेट गरिसकेका छन् । गलवान घाटीमा २० सैनिकको मृत्यु भएको दुई दिनपछि १७ जुनमा विदेशमन्त्री एस जयशंकरले पनि वाङसँग छलफल गरेका थिए ।

बीबीसी हिन्दीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप