शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा टिकटक प्रतिबन्ध भएपछि १८ वर्षीयाले गरिन् आत्महत्या, सुशान्तकी ४५ वर्षीया प्रशंसकले पनि रोजिन् मृत्यु

मङ्गलबार, २३ असार २०७७, ०९ : १०
मङ्गलबार, २३ असार २०७७

भारतमा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित दुईजनाको आत्महत्याको घटना सार्वजनिक भएको छ । एकातिर १८ वर्षकी टिकटक प्रयोगकर्ता सन्ध्या चौहानले आत्महत्या गरेकी छिन् भने अर्कासतर सुशान्त सिंह राजपूतकी ४५ वर्षीया प्रशंसकले डिप्रेशनमा आफ्नो जीवन समाप्त गरेकी छिन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार सन्ध्या चौहान दिल्ली युनिभर्सिटीकी छात्रा थिइन् र टिकटकमा उनको राम्रो फ्यान फलोविङ थियो । आइतबार उनी आफ्नो कोठामा मृत अवस्थामा भेटिएकी हुन् ।

टिकटक प्रतिबन्ध भएपछि डिप्रेशनमा थिइन्ः

मिडिया रिपोर्टका अनुसार युवतीको कोठामा सुसाइड नोट पनि भेटिएको छैन । तर टिकटक प्रतिबन्ध भएपछि उनी डिप्रेशनमा भएको बताइन्छ । परिवारिक स्रोतले पनि युवती पछिल्लो दुई–तीन महिनादेखि डिप्रेशनमा भएको जानकारी स्रोतलाई दिएको छ ।

सुशान्त सिंह राजपूतकी प्रशंसकद्वारा आत्महत्याः

आत्महत्याको अर्को घटना सुशान्त सिंह राजपूतसँग सम्बन्धित छ । अभिनेताकी एक प्रशंसकले पासो लगाएर आत्महत्या गरेकी छिन् । घटना जुलाई १ तारिखको हो । स्रोतका अनुसार मुम्बईमा बस्ने ४५ वर्षीया रचना सेठले बैंकको घोटालाका कारण तनावमा थिइन् ।

रचनाले पीएमसी बैंकमा आफ्नो अकाउन्ट खोलेकी थिइन् जसमा उनले लगभग १५ लाख भारु जम्मा गरेकी थिइन् । डिप्रेशनको लडाईंमा उनी सधैं आफूसँग एउटा सल राख्ने गरेको उनका श्रीमान्ले जानकारी दिए ।

 मुम्बई मिररसँगको कुराकानीमा रचनाका श्रीमान् विशाल सेठले भने, ‘पिएमसी बैंक घोटालापछि उनी निकै तनावमा रहेकी थिइन् । गत महिना जब सुशान्त सिंह राजपूतको आत्महत्याको खबर आयो तब उनको मानसिक स्थिती थप बिग्रियो । उनी डिप्रेशनमा परिन् । पछिल्लो केही हप्तादेखि उनले आफूसँग सल राखेकी थिइन् । उनले कतै गलत कदम उठाउने हो कि भन्ने हामीलाई चिन्ता थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप