शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरीय अपराध महाशाखाको सर्वसाधारणलाई अनुरोध

सोमबार, २२ असार २०७७, २३ : ५६
सोमबार, २२ असार २०७७

काठमाडौं । प्रहरीले पछिल्ला दिन महंगो मूल्यका सामानहरु अत्यन्त सस्तोमा पाइने भन्दै गरिने विज्ञापनहरुबाट सतर्क रहन आग्रह गरेको छ । महानगरीय अपराध महाशाखाले आज एक सूचना प्रकाशित गरी त्यस्तो विज्ञापनमार्फत ग्राहकहरुलाई बैंक खाताहरुमा पैसा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकोले सतर्क रहन आग्रह गरेको हो ।

नेपाल होलसेल लगायतका नाममा खुलेका फेसबुक पेजमा आइफोन, ओनप्लस र अन्य ब्रान्डका मोबाइल, घडी र अन्य महंगो मूल्यका सामानहरु सस्ता मूल्यमा बिक्री गरिने विज्ञापन गरी बैंकमा पैसा जम्मा गर्ने गिरोह सक्रिय भएको जनाउँदै सो गिरोहका केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सर्वसाधारणहरुलाई त्यस्ता ठगहरुको प्रलोभनमा नपर्न तथा पैसाको कारोबार गरि सामान अर्डर गरेमा ठगिन सकिने भन्दै सतर्क समेत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप