शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओस्कार विजेता मोरिकनको निधन

सोमबार, २२ असार २०७७, २३ : ०२
सोमबार, २२ असार २०७७

एजेन्सी । विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ ।  चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए ।  

गुणस्तरीय फिल्महरुको निर्माता रहेका उनलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उनले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गरेका थिए । कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् । 

उनले जीवनभरी आत्मसम्मानका साथ जीउनु भएको उनका सुभेच्छुक तथा उनलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् ।  “उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,” इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भने ।

उनको निधनप्रति देशवासी र विश्वभरीका उनका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उनको योगदान र क्षमताको स्मरण गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप