युवा तथा खेलकुद मन्त्रालयद्वारा १० सञ्चारकर्मी सम्मानित
युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवातर्फ छ पत्रकार तथा खेलकुदतर्फ चार जनालाई सम्मान गरिएको हो ।
खेलकुद पत्रकारिता पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन्नपूर्ण पोष्टका रोशन राउत, पोखराका खेल पत्रकार केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की छन् ।
यस्तै युवा पत्रकारिता पुरस्कार, २०७६ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत खगेन्द्र अधिकारी, निरक न्यौपाने, गीता चिमोरिया, गङ्गा खड्का, रत्नकुमारी चौधरी र सुस्मा बरालीलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ ।
सम्मानित सबैलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र सचिव रामप्रसाद थपलियाले प्रशंसा पत्रसहित पुरस्कृत गरे । सञ्चारमाध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानस्वरुप उनीहरुलाई सम्मानित गरिएको मन्त्री विश्वकर्माले बताए ।
कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्ससमेत सार्वजनिक गरेका थिए । सो एपमा नेपाली खेलकुदको विषयमा सम्पूर्ण डाटा समावेश गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा