मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको सुरुङमा पानी पठाउँदा जानकारी नदिएकोमा हेलम्बु गाँउपालिकाको आपत्ति

सोमबार, २२ असार २०७७, १८ : ३६
सोमबार, २२ असार २०७७

काठमाडौं । आफूलाई जानकारी नदिई मेलम्चीको पानी सुरुङभित्र पठाएको भन्दै हेलम्बु गाउँपालिकाले आपत्ति जनाएको छ । सोमबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एक विज्ञप्ती जारी गर्दै हेलम्बु गाउँपालिका क्षेत्र भित्र पर्ने निर्माणधिन मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट काठमाडौंमा पानी पठाउनको लागि मुख्य सुरुङमा पानी हाल्ने कामको जानकारी नगराएको भन्दै बिरोध जनाएका छन् । 

आफूले सञ्चारमाध्यमबाट त्यसबारे थाहा पाएको बताउँदै मेलम्ची खानेपानी आयोजनाले जिम्मेवार स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहयोग कसरी गरिरहेको छ ? भन्ने कुरा घामजस्तै छर्लङ्ग भएको बताएका छन् ।
काठमाडौंबासीका घर–घरमा यथाशिघ्र हेलम्बुको स्वच्छ र सफा जल पु¥याउन तत्पर हेलम्बु गाउँपालिका र स्थानीयवासीको तिब्र इच्छा शक्तिका बाबजुद मेलम्ची खानेपानी आयोजनाले सहकार्य नगरेको आरोप लगाएका छन् । 

गाउँपालिका अध्यक्ष शेर्पाले विगतमा पनि अहिलेजस्तै गैरजिम्मेवार कार्यहरुबाट नेपालको संविधान को धारा २३२ ले सुनिश्चित गरेको तिनै तहको सरकार   बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका साथै स्थानीय सरकार र स्थानीयवासीलाई वेवास्था गरेको प्रमाणित भएको भन्दै हेलम्बु गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । 

गाउँपालिकाले स्थानीय सरकारको अहम भूमिका, समन्वय र सहयोग अतिआवश्यक रहने राष्ट्रिय गौरवको आयोजनामा स्थानीय सरकार र स्थानीयवासीलाई निरन्तर संग्लन नगराउने सम्पूर्ण कार्यहरु प्रति घोर आपत्ति जनाएको छ ।
 गाउँपालिकाले आगामी दिनमा यस्ता अनुचित र गैरजिम्मेवार कार्य विरुद्ध  असहज वातावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयवासी बाध्य हुनेछ र त्यसको सम्पूर्ण जिम्मेवारी उक्त आयोजना र सो संग सम्बन्धित निकायले व्यहोर्नु पर्नेछ चेतावनी पनि दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप