मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ

सोमबार, २२ असार २०७७, १८ : ३१
सोमबार, २२ असार २०७७

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले  टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।

सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार रहेका राईलाई आइतबार पक्राउ गरेको प्रहरीले आज सार्वजनिक गरेको हो ।  राईलाई विषेश सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।  

त्यस्तै प्रहरीले हतुवागढी गाउँपालिका–९ हम्बफाबाट १३ किलो ४०० ग्राम गाँजा बरामद गरेको छ । गोप्य सूचनाको आधारमा स्थानीय जसबहादुर राईको घर खानखतलासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ । 

घरधनी राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप