मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओखलढुंगामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, २२ असार २०७७, १८ : २५
सोमबार, २२ असार २०७७

ओखलढुंगा । ओखलढुंगाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आएका लिखु गाउँपालिकाका ३ जना युवामा सोमबार कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । गाउँपालिकाका २२,२८ र ३० वर्षका युवामा कोरोना संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

उनीहरुमध्ये दुईजना साउदी तथा एकजना बाग्लुङ हुँदै काठमाण्डौबाट आएको पुष्टी भएको छ । गत बिहिबार उनीहरुसहित सोही गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका २० जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना परीक्षणमा पठाईएकामध्ये ३ जनामा मात्रै संक्रमण पोजेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

संक्रमित तीनै जनालाई क्वारेन्टिनको छुट्टै भवनमा राखिएको र उनीहरुलाई कोरोना अस्थाई अस्पतालमा पठाउने तयारी गरिएएको गाउँपालिकाले जनाएको छ । यअघि गत असार ७ गते कोरोना पोजेटिभ देखिएका सोही गाउँपालिकाका २८ वर्षीय युवा आजै डिस्चार्ज भएर घर फर्किएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप