मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बारपाक सुलीकोट गाउँपालिकाका कार्यालय भोलिदेखि खुल्ने

सोमबार, २२ असार २०७७, १८ : २०
सोमबार, २२ असार २०७७

गोरखा । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बन्द रहेको बारपाक सुलीकोट गाउँपालिकाका कार्यालय भोलिदेखि खुल्ने भएको छ। गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएसँगै निजको सम्पर्कमा आएका एकसय व्यक्तिहरुको (पिसिआर प्रबिधि) बाट कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकोले उच्च सतर्कता साथ भोलिदेखि गाउँपालिकाका सेवाहरु सन्चालन हुने बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले रातोपाटीलाई जानकारी दिए ।

सूर्यज्योति मावि पाल्खु क्वारेन्टिनमा रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गर्दा सोही क्वारेन्टिनमा रहेका एकजना र पालिकाको स्वास्थ्य शाखाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि कन्ट्रयाक्ट ट्रेसिङका क्रममा उनको सम्पर्कमा रहेका एक सय जनाको कोरोना परिक्षणका लागि गत असार १७ गते स्वाब संकलन गरिएको थियो। 

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परिक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएको बारपाक सुलिकोट गाउँपालिकाकाले जनाएको छ। कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाले सो गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष,प्रशासकिय अधिकृत लगायत सबै कर्मचारी  क्वारेन्टिनमा बसेका थिए।

कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन गाउँपालिकाले गत असार १७ गतेदेखि स्वास्थ्यसेवा बाहेक सबै सेवा बन्द गरेको थियो । कोरोना परिक्षणका क्रममा सबैको रिपोर्ट नेगेटिभ आएपछि ६ दिनदेखि बन्द सेवा भोलिदेखि सुरु हुने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप