बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घोराही उपमहानगरका २ वडासचिव किर्ते गरेको अभियोगमा पक्राउ

सोमबार, २२ असार २०७७, १८ : ००
सोमबार, २२ असार २०७७

घोराही । दाङको घोराही उपमहानगरपालिकाका २ जना वडासचिव पक्राउ परेका छन् । किर्ते गरेको अभियोगमा घोराहीका वडा नं. १ का वडासचिव धनबहादुर केसी र वडा नं। १३ का वडासचिव रनविन बुढालाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

दुवै वडासचिवले २०५९ सालको जन्म मिति भएकी एक किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ । सो प्रकरणमा लामो समय शिक्षण पेशामा सलग्न रहदै आएका हुकुम जिसी पनि पक्राउ परेका छन् । 

जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने किर्ते काममा ती २ वडा सचिवले सघाएको आरोप लगाएका छन् । उनको आरोपपछि वडासचिवहरुलाई पक्राउ गरिएको हो । हाल पूर्पक्षका लागि थुनामा रहेका जबरजस्ती करणी मुद्दाका अभियुक्तका आफन्तले केटीले उमेर किर्ते गरि घटाएको जानकारीका आधारमा दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए ।

त्यसपछि अदालतले घोराही उपमहानगरपालिकालाई उक्त विषयमा सत्य तथ्य जानकारी दिन पत्राचार गर्न भनेको थियो । अदालतको पत्रका आधारमा घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ सालमा जन्मेको प्रमाणित गरेपछि सचिवद्वय विरुद्ध किर्ते अभियोगमा मुद्दा परेको थियो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप