शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

सोमबार, २२ असार २०७७, १७ : १८
सोमबार, २२ असार २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बाग्लुङको मुसिखोला ३ का २९ वर्षीय ती पुरुषको २१ गते क्वारेन्टिनमा मृत्यु भएको हो । भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका उनको ढोरपाटन नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ जनाको मृत्यु भएको छ ।

सोमबार नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै सोमबार ५४ जना संक्रमित थपिएका छन् । प्रवक्ता डा.गौतमका अनुसार काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको छ ।

सोमबार २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । सोमबारसम्म संक्रमुक्त भएर ६ हजार ८ सय ११ जना डिस्चार्ज भएको उनले बताए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ । अहिले देशभरका क्वारेन्टिनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित उपचाररत रहेका छन् ।

मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एकहप्ताको अवधिमा २ महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा.गौतमले बताए । यस्ता घटनाहरुले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने भएकाले यस्ता भिडियोहरु सेयर नगर्न उनले आग्रह गरे । भिडियोहरु देखेपछि तत्काल फेसबुकलाई रिपोर्ट गर्न उनले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप