मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कारागारमा कैदीको मृत्यु

सोमबार, २२ असार २०७७, १६ : २६
सोमबार, २२ असार २०७७

दाङ । तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका  कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको  उपचारका क्रममा मृत्यु भएको तुलसीपुर कारागारका नायब सुब्बा जोखिम वलीले बताए ।

मुसलमान पटकपटक बिरामी पर्ने गरेका थिए । उनले भने– ‘उहाँमा दिसापसाब आएको पनि थाहा नपाउने, मानसिक रुपमा पनि समस्या थियो ।’ कपिलवस्तु जिल्ला अदालतले विसं २०७५ असोज १५ गते मुसलमानलाई तीन वर्ष कैद सुनाएको थियो । कपिलवस्तु कारागार रहेका मुसलमानको गत वर्ष पुस ९ गते तुलसीपुर कारागारमा सरुवा गरिएको थियो । उनको शव आफन्तले बुझिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप