मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

खल्नागाउँमा पहिरो जाँदा २४ घर विस्थापित

सोमबार, २२ असार २०७७, १६ : २३
सोमबार, २२ असार २०७७

कालिकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन् । निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट पहिरो खस्न थालेकाले गाउँ नै जोखिममा परेको हो । 


निरन्तर पहिरो आउन थालेपछि गाउँ नै जोखिममा परेको किर्डाक कालीकोटका शैक्षिक अधिकृत धनीराम न्यौपानेले बताए । ‘२४ घरधुरीका १२६ परिवार प्रभावित भएका छन्’,  उनले भने– ‘तीमध्ये ६२ जना बालबालिका, एक जना वृद्ध र तीन जना अपाङ्गता भएका अतिप्रभावित भएका छन् ।’

पहिराका कारणले गाउँमा लगाइएको बालीनाली नष्ट भएको र अहिले गाउँलेलाई सुरक्षित स्थानमा सारिएको स्थानीयवासी दिनेश चदाराले बताए । ‘अहिले गाउँलेलाई सुरक्षित स्थानमा राखिएको छ’ उनले भने– ‘२४ घर भत्किएका छन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप