मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन

सोमबार, २२ असार २०७७, १६ : १६
सोमबार, २२ असार २०७७

काठमाडौँ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताए । 

उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यो अहिले गरिएको निर्णय नभइ पुरानै हाे ।’

एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको प्रवक्ता शर्माको भनाइ थियो । सोही अनुरुप निर्देशन गरिएको शर्माले बताए ।

निर्देशन अवज्ञा गर्नेमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने शर्माले जानकारी दिए । यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप