बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाका २८ वर्षीय युवकले जिते कोरोना

सोमबार, २२ असार २०७७, १६ : ०३
सोमबार, २२ असार २०७७

-रामहरि श्रेष्ठ
ओखलढुंगा । ओखलढुंगाका कोरोना संक्रमित २८ वर्षीय युवकले कोरोनालाई जितेर घर फर्किएका छन् । गत असार ७ गते लिखु गाउँपालिकाका २८ वषीय युवकमा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागी कोरोना अस्थाई अस्पताल विराटनगर लगिएको थियो । पछिल्लोपटक गत शनिबार गरिएको दोस्रो पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालले सोमबार (आज) उनलाई डिस्चार्ज गरिदिएको जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

करिब १४ दिनको अस्पताल बसाईपछि उनले कारोनालाई जितेर घर फर्किएको तिवारीको भनाई छ । रोजगारीको शिलशिलामा भारतमा बस्दै आएका ती युवक गत जेठ ३० गतेमात्रै स्वदेश फर्किएका थिए । उनमा करिब १ हप्तापछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । लगतै उनलाई कोरोना अस्थाई अस्पतालमा भर्ना गरिएको हो । अहिले उनी स्वास्थ्य भएर घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमित भेटिएका ती युवक पहिलो व्यक्ति हुन् । उनी डिस्चार्ज भएसँगै ओखलढुंगा संक्रमण मुक्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप