घरभाडा छुटको पहलः उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाइँदै
काठमाडौं । लकडाउन अवधिको घरभाडा छुटको पहल थालिएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएर यो अवधिको घरभाडा छुट दिने व्यवस्था गर्न पहल थालेको हो ।
महासंघले सोमबार भक्तपुर नगरपालिकालाई त्यस्तो ज्ञापनपत्र बुझाएको छ । महासंघले घरभाडा छुटको सम्बन्धमा पहल गर्न बनाएको उपसमितिका संयोजक मनोजबाबु श्रेष्ठले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिका क्षेत्रमा रहेका व्यवसायलाई लकडाउन अवधिको घरभाडा मिनाह गर्ने व्यवस्था गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै मेयर प्रजापतिले आफ्नो क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको हितमा नगरपालिकाले काम गर्ने भन्दै महासंघको ज्ञापनपत्रलाई निकै सकारात्मकरुपमा लिएको संयोजक श्रेष्ठले बताए ।
उपसमितिले ललितपुर महानगरपालिका तथा काठमाडौं महानगरपालिकालाई पनि यस्तो छुट दिन माग गर्दै ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । त्यस्तै, लकडाउन अवधिलाई शुन्य अवधि मानेर ऋणको ब्याज छुट गराउन भन्दै महासंघले मंगलबार नेपाल राष्ट्र बैंंकका गभर्नर महाप्रसाद अधिकारीलाई मसेत ज्ञापनपत्र बुझाउने तयारी गरेको श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु