शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रूपन्देही सामूहिक हत्याकाण्डः सिंजाली पुर्पक्षका लागि जेल चलान

सोमबार, २२ असार २०७७, १५ : ४४
सोमबार, २२ असार २०७७

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवाका सामूहिक हत्याका अभियुक्त झसेन्द्र सिंजाली पुर्पक्षका लागि जेल चलान भएका छन् । 

आइतबार जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायाधीश मातृका मरासिनीको एकल इजलासले सिंजालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

अदालतको आदेशपछि अभियुक्त सिंजालीलाई जिल्ला कारागार भैरहवा पठाइएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले जानकारी दिए । 

गत २७ जेठमा मैनहवास्थित कृष्णबहादुर पुनले सञ्चालन गर्दै आएको गंगादेवी कृषि फर्ममा ५ जनाको सामूहिक हत्या भएको थियो । सोही दिन घटनास्थलबाट सिंजालीलाई अर्धचेत अवस्थामा पक्राउ गरेको थियो । 

प्रहरी नियन्त्रणमा रहेका सिंजालीले पाँचैजनाको हत्या गरेको स्वीकारेका थिए । सिंजालीविरुद्ध जिल्ला अदालत रुपन्देहीमा कर्तव्य ज्यान मुद्दा परेको थियो । सोही मुद्दामाथि भएको बहसपछि रुपन्देहीले अभियुक्त सिंजालीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

सिंजालीले रुपन्देहीकै सैनामैना नगरपालिका–५ का ४० वर्षीय माधव मुसहर, ३५ वर्षीया जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशीष चौधरीको सामूहिक हत्या गरेका थिए ।

सिंजालीले पाँचै जना मृतकलाई पहिला लाठी प्रहार गरेर बेहोस बनाई कोदालो (फरुवा)ले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप