शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नलगाड नगरपालिकामा ‘एक सांसद, एक नमूना कृषि कार्यक्रम’

सोमबार, २२ असार २०७७, १५ : २५
सोमबार, २२ असार २०७७

जाजरकोट । नलगाड नगरपालिका–५ चारगाउँमा ‘एक सांसद एक नमूना कृषि कार्यक्रम’ सञ्चालनमा आएको छ । पचास घरधुरीदेखि १४० घरधुरीसम्मलाई लक्षित गरी अर्गानिक प्रबर्द्धन कार्यक्रम शुरु गरिएको हो ।  सो कार्यक्रमबाट १२० घरधुरीलाई कृषि सडक, सिँचाइ र व्यावसायिक तरकारीखेती गर्न सहयोग गरिएको छ ।

त्यस्तै १४० घरधुरीलाई १८ हजार कागतीका बिरुवा वितरण गरिएको नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले जानकारी दिइन्  । खेती गर्ने जमिन नभएकालाई मौरीसहितका १८ वटा घार वितरण गरिएको छ । त्यस्तै वडा ५ वासिन्दालाई आठ हजार टिमुरका बिरुवा वितरण गरिएको छ । 

एक सय २० घरधुरीलाई कृषि सडकका साथै सिँचाइ सुविधा पनि उपलब्ध गराएको लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालक समितिका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिए । नब्बे लाखको कार्यक्रम सञ्चालन गरिएको प्रदेशसभा सदस्य कृष्णा शाहले बताए । नगरपालिकाले पनि विभिन्न पकेट क्षेत्र बनाएर कृषि क्षेत्रलाई बलियो बनाउन लगानी वृद्धि गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप