शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा विवादको ‘साइड इफेक्ट’: पार्टी कार्यालयमा नारावाजी र धर्ना (फोटो र भिडियोमा हेर्नुुस्)

सोमबार, २२ असार २०७७, १४ : ४४
सोमबार, २२ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी, युवा र मजदुर संघठनका नेता कार्यकर्ताहरुले पार्टी विभाजन गर्न नहुने भन्दै प्रदर्शन गरेका छन् । 

युवा विद्यार्थी तथा मजदुर संघठनका प्रतिनिधिहरु सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुगेर पार्टी विभाजन गर्न नहुने भन्दै संयुक्त रुपमा ज्ञापनपत्र समेत बुझाएका छन् । यस्तै देशका विभिन्न स्थानमा पनि नेकपाका कार्यकर्ताहरुले नेतृत्वलाई खबरदारी गर्दै नाराबाजी र धर्ना दिएका छन् । 

पार्टी केन्द्रीय कार्यालयमा सोमबार ज्ञापन पत्र बुझाउन पार्टी कार्यालय पुगेका उनीहरुले नेतृत्वको ध्यानाकषर्ण गराउँदै ‘पार्टी एकता जिन्दावाद, एमसीसी खारेज गर, नागरिकता विधेयक पारित गर’जस्ता नारासमेत लगाएका थिए । 
‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको र पार्टी एकताले पूर्णता पाउन नसकेको सन्र्दभमा पार्टी भित्र र बाहिर असन्तुष्टिहरु देखिन थालेका छन् । यसै विषयमा पार्टीको उपल्लो कमिटीहरुमा देखा परेका विवादहरु सतहमा देखा परेका छन् । 

‘यसै सन्दर्भमा हाम्रो संगठन पार्टी विभाजन र फुट होइन, सुदृढ एकता कार्यकर्ता र जनताको चाहना भएको तथ्य स्पस्ट पार्न चाहन्छ’, सयुक्त ज्ञापनपत्रमा भनिएको छ, ‘पार्टी र देशको आवश्यकता पनि एकता हो र एकताको कुनै विकल्प नभएको प्रस्ट पार्न चाहान्छौँ । नेतृत्वलाई विभाजनको दिशामा नजान खवरदारीका साथ हार्दिक अनुरोध गर्दछौँ ।’

भिडियाे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप