यस्तो छ सुनले बनेको संसारकै पहिलो पाँचतारे होटल (फोटोफिचर)
होटलको विलासिताले धेरैलाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं जुन सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप छ ।
भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च भएको छ । यहाँ आउने पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेरेर आश्चर्यमा पर्नेछन् ।
होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ ।
होटल बारे सुन्दा अचम्म लाग्यो होला । यस्ता होटलमा कस्ता व्यक्तिको पहुँच होला भन्ने सोच पनि आयो होला । यहाँ एक रात बस्न पाहुनाले २५० डलर अर्थात् २९ हजार ७ सय ७२ रुपैयाँ तिर्नुपर्नेछ । होटलका मालिक हु डुवाङ्गले आफ्नो होटलमा साधारणदेखि अत्यधिक धनाढ्य परिवारको उपस्थित हुने आशा राखेका छन् ।
उनले भने, ‘अहिलेको समयमा यो जस्तो होटल संसारको कुनै पनि मुलुकमा छैन ।’
स्रोतका अनुसार होटलको रुमको मूल्य तुलनात्मक रुपमा कम नै राखिएको छ किनभने होटल बनाउनका लागि प्रयोग गरिएको सुन स्थानीय स्तरमा उपलब्ध भएको जसका कारण होटल बन्न पनि खासै धेरै खर्च नभएको हो ।
लकडाउनका कारण भियतनाममा होटलहरु खुल्न नसकेको अवस्थामा यस वर्ष आफ्नो होटल खोलिएकोमा होटल मालिक खुसी भएका छन् । अर्को वर्षदेखि आफ्नो व्यापार वृद्धि हुनेमा उनी आशावादी छन् ।
‘हाम्रो समुहको एउटा कारखाना छ जसले सुनको जलप लगाएका वस्तुको उत्पादन गर्न सक्छ तसर्थ हाम्रो यहाँका सामग्री र फर्निचर खासै महँगा छैनन्,’ ड्वाङ्गले भने ।
यहाँका लगभग सबैजसो सामग्रीमा मात्र जलप मिसाइएको छैन, यहाँ पस्किने प्रत्येक खानामा रहस्यमयी ‘सुनौलो पदार्थ’ मिसाइएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र