सलमानले बिग बस १४ का लागि बढाए पारिश्रमिक, कार्यक्रम प्रस्तुत गर्न लिनेछन् यति रकम
बिग बसको १३ औं संस्करण आफ्ना सबै सिजनमध्येको सबैभन्दा धमाकेदार रह्यो । बिग बस १३ को सफलतापछि अब ‘बिग बस १४’ को पनि तयारी सुरु भइसकेको छ । बिग बस १४ लाई पनि सलमान खानले नै होस्ट गर्नेछन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार बिग बस १४ अक्टोबरदेखि अन एयर हुने सम्भावना छ । सलमान खानले यो सिजनका लागि आफ्नो पारिश्रमिक बढाएको पनि खबर छ ।
खबरमा बताइए अनुसार बिग बस १४ को हरेक एपिसोडका लागि सलमान खानले १६ करोड भारु पारिश्रमिक लिनेछन् । उनले बिग बस १३ का लागि करिब १२ देखि १४ करोड भारु लिएका थिए । हुन त सलमानले हरेक सिजनमा आफ्नो पारिश्रमिक बढाउने गर्छन् । यो सिजनमा एकपटक पुनः सर्वसाधारणको इन्ट्रि हुने अनुमान गरिएको छ किनभने पछिल्लो सिजनमा सेलिब्रिटीलाई पनि प्रवेश गरिएको थियो । बिग बस–१४ का लागि जेस्मिन भसिन, अलिशा पंवार, आरुषी दत्ता, आकांक्षा पुरी, आंचल खुराना, साहिल खान र आमिर सिद्धिकीजस्ता सेलिब्रिटीलाई अप्रोच गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ