बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कसले गर्‍यो नेकपामा ५ बुँदे सहमतिको हल्ला ?

महासचिव पौडेल भन्छन्, ‘एकता भाँड्ने प्रायोजित षड्यन्त्र’
सोमबार, २२ असार २०७७, ०८ : ४३
सोमबार, २२ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले दुई अध्यक्षबीच वार्ता र सम्वाद जारी रहेपनि कुनै सहमति भैनसकेको बताएका छन् । उनले बाहिर चर्चामा आएजस्ता कुनै सहमति नभएको भन्दै सोमबार पनि दुई अध्यक्षबीच वार्ता हुने जानकारी दिए ।

‘अहिले बाहिर यति बुँदे र उति बुँदे सहमति भयो भन्ने प्रचारहरु भइरहेका छन् । त्यो गलत कुरा हो । त्यस्तो कुनै सहमति भएको छैन,’ सोमबार बिहान रातोेपाटीसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘जसले यस्तो प्रचार गरिरहेको छ । यो हुन लागेको सहमति पनि भाँड्ने षड्यन्त्रअनुरुप गरिएको प्रचार हो । त्यसैले यसको कसैले विश्वास नगर्नुहोला । सहमति भएपछि वक्तव्य जारी हुन्छ ।’ उनले कसले किन यसरी प्रचार गरिरहेको छ भन्ने खोजीको विषय भएको र छिटै पहिचान हुने भन्दै त्यो जसले गरेपनि नेकपामा हुन लागेको सहमति भाँड्ने षड्यन्त्रस्वरुप प्रचारमा ल्याइएको जानकारी दिए ।

पौडेल दुई शुक्रबार र आइतबार दुई अध्यक्षबीचको वार्तामा सहभागी हुदै आएका छन् । दुई अध्यक्षको वार्तामा ओली पक्षबाट पौडेलबाहेक अर्का नेता शंकर पोखरेल तथा प्रचण्डपक्षबाट नेता जनार्दन शर्मा र बर्षमान पुन सहयोगीका रुपमा वार्तामा सहभागी हुदै आएका छन् ।


महासचिव पौडेलले कुनै किसिमको कार्यदल पनि गठन नभएको प्रष्ट पारेका छन् । ‘त्यस्तो कार्यदल पनि गठन भएको होइन । यो प्रचार पनि षड्यन्त्रमुलक ढंगबाट एकता भाड्ने योजनाअनुसार प्रायोजित रुपमा भइरहेको छ,’ पौडेलको भनाइ छ । उनले दुई अध्यक्षबीच सोमबार पनि वार्ता हुने बताए ।

यसअघि आइतबार अध्यक्ष प्रचण्डको सचिवालयले पनि कुनै सहमति नभएको भन्दै विभिन्न ढंगले भइरहेका प्रचाहरु भ्रममात्रै भएको प्रस्ट पारेको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तररिक संघर्ष चुलिदै गएपछि पार्टी नै विभाजनको संघारमा पुगेपछि ओली र प्रचण्ड सहयोगिसहित वार्तामा जुुटेका हुन् । गत शुक्रबार स्थायी समिति बैठक बसिरहेका बेला प्रधानमन्त्रीले पार्टीमा छलफल नै नगरी संसदको अधिवेसन अन्त्य गर्ने निर्णय गरेपछि नेताहरु प्रधानमन्त्रीको कार्यशैलीप्रति थप आक्रोशित बनेका थिए । यसअघि ओलीको राजीनामा माग्ने बहुमत स्थायी समिति सदस्यहरुको माग बैठकमा उठेपछि ओली आफु राजीनामाको विपक्षमा रहेको बताउँदै आएका छन् । त्यसपछि स्थायी समिति बैठक नै रोकेर नेताहरुबीच निकास खोज्ने पहल सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप