शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिभरपुल जित्दा सिटी स्तब्ध

सोमबार, २२ असार २०७७, ०७ : १६
सोमबार, २२ असार २०७७

एस्टन भिल्लालाई हराउँदै लिभरपुलले घरेलु मैदानमा लगातार १७ औँ जीत हासिल गर्न सफल भएको छ । आइतबार भएको खेलमा लिभरपुल २–० गोलअन्तरले विजयी भएको हो ।

दोस्रो हाफमा साडियो माने र कर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई जीत दिलाए । जीतपछि लिभरपुलको ८९ अंक पुगेछ । म्यान्चेस्टर सिटीको एक सिजनमा १ सय अंकको कीर्तिमानलाई तोड्न अब बाँकी ५ खेलबाट लिभरपुललाई १२ अंक चाहिएको छ ।

लिभरपुलले खेलमा पहिलो गोल गरेपछि पछिल्ला ३४ प्रिमियर लिग खेलहरु जितेको छ । त्यस्तै, टोली आफ्नो घरेलु मैदानमा पछिल्ला ५७ लिग खेलमा अपराजित रहेको छ ।

उता, पछिल्लो लिग च्याम्पियन बनेको लिभरपुललाई हराएर उत्साहित बनेको सिटी भने साउथ ह्याम्पटनसँग पराजित भएको छ । ४० यार्ड टाढाबाट चे एडम्सले गरेको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो ।

सिटीका म्यानेजर पेप ग्वार्डिओलाले आफ्नो म्यानेजरको करियरमा घरेलु मैदानबाहिर लगातार तीन खेल हारेको यो पहिलो पटक हो । सिटीले यो सिजन ९ खेल हारिसकेको छ । यसअघि सिटीले सन् २०१५–१६ सिजनमा सर्वाधिक १० खेल हारेको थियो ।

अन्य खेलमा बर्नली र सेफिल्ड युनाइटेड, न्युक्यासल युनाइटेड र वेस्ट ह्याम युनाइटेडले बराबरी खेले ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप